पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले एक कार्यक्रम विच नव गठित समितिका संयोजक तथा सदस्यहरुलाई बधाई, शुभकामना तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव राजु केसीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य सुदिप ढकालले संस्थामा बसेर सयोजक तथा सदस्यले गर्नुपर्ने काम र कर्तब्यका विषयमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका सल्लाहकारहरु ध्रुव रेग्मी, शिव शर्माले गठित समितिलाई शुभकामना तथा समितिको कार्यविधि लगायतका गठित समितलाई शुभकामना दिदै बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका विभिन्न समिति उपसमितिहरु अभिन्न अङ्गको रुपमा रहेकोले एशोसियसनको समृद्धिमा कोशेढुङ्गाको रुपमा रहेर काम गर्नेमा आफुहरु ढुक्क रहेको बताए ।

एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीले बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका विभिन्न समिति उपसमिति सदस्यहरुलाइ बधाइ दिदै समिति उपसमिती गठनको औचित्यता साथै चुनौती र सम्भावनाको वारेमा प्रकाश पारेका थिए भने कार्यक्रमको सन्चालन एशोसियसनका महासचिव बुद्धि कुवँरले गरेका थिए ।




Comments are closed.