उप–मेयर गुरुङ गोर्खाली ताराबाट सम्मानित

गोर्खा बराह पत्रकारिता प्रोत्साहन पुरस्कार (गोल्ड मेडल)बाट बराल सम्मानित

सन्देश श्रेष्ठ
पोखरा, ६ मंसीर

पोखरा महानगरपालिकाका उप–मेयर मन्जुदेवी गुरुङ गोर्खाली तारा २०७५ बाट सम्मानित भएकी छन् । गोर्खाली समुदायद्वारा सञ्चालित गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.को सातौं बार्षिकोत्सवको अवसरमा उपमेयर गुरुङलाई उक्त अवार्डबाट सम्मान गरेको हो । कार्यक्रममा गण्डकी प्रदेशकी उप–सभामुख सृजना शर्मा, प्रदेश सांसद मीना गुरुङ, प्रा.लि.का अध्यक्ष हरिकुमार धमलालगायतले उपमेयर गुरुङलाई सम्मानपत्र, दोसल्ला, फुल मालाको साथमा गोर्खा ताराको अवार्ड प्रदान गरी सम्मान गरेका हुन् । उनलाई शिक्षा, स्वास्थ्यका साथै महिला तथा बालबालिकाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको योगदानको कदर गर्दै सम्मान गरेको प्रालिले जनाएको छ । स्याङ्जा पञ्चमुल जन्म घर भई हाल पोखरा महानगरपालिका ८ मा बस्दै आएकी उपप्रमुख गुरुङ गोर्खाली परिवारकी सदस्य हुन् ।

footwear zone

यसअघि उक्त अवार्डबाट माया गुरुङ, धनसुबा गुरुङ, मैनाकुमारी गुरुङ, चन्द्रा गुरुङ, सावित्री गुरुङ र मीना गुरुङ सम्मानित भई सकेका छन् ।

त्यस्तै, गोर्खा बराह पत्रकारिता प्रोत्साहन पुरस्कार (गोल्ड मेडल)बाट पत्रकार दीननाथ बराल सम्मानित भएका छन् । पोखरामा विगत डेढ दशक देखि पत्रकारिता गर्दै आएका बराललाई आर्थिक, सामाजिक, पर्यटनलगायतको क्षेत्रमा कलम चलाएर समाजमा योगदान गरेको भन्दै हौषला स्वरुप पुरस्कार प्रदान गरेको प्रालिले जनाएको छ । सम्मानित बराललाई गण्डकी प्रदेशका उप–सभामुख सृजना शर्माले गोल्ड मेडलको साथमा सम्मान पत्रले सम्मान गरिन् । पुरस्कृत पत्रकार बराल रेडियो अन्नपूर्ण, कारोबार दैनिक, पोखरापत्र दैनिक र फेवा टेलिभिजनमा आबद्ध छन् । बराल नेपाल पत्रकार महासंघ कास्की शाखाका सहसचिव, खेलकुद पत्रकार मञ्च कास्कीका उपाध्यक्ष तथा स्वतन्त्र पत्रकार संघ गण्डकी प्रदेशका उपाध्यक्ष हुन् ।

कार्यक्रममा उपसभामुख सिर्जना शर्माले सबैको मनोभावना बुझेर कानून निर्माणमा आफूहरु जुटेको बताईन् । उनले गोर्खाली समुदायसँग सहकार्य गर्दै प्रदेशलाई समृद्ध बनाउने चाहना रहेको बताउँदै लगानीका लागि आह्वान गरिन् ।

गोर्खाली ताराबाट सम्मानित उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरामा महिला तथा वालबालिकाहरुको हक, हित र महिला शसक्तिकरणको लागि उपप्रमुखसँग महिला कार्यक्रमसमेत ल्याएको बताईन् ।

कार्यक्रममा प्रालिका सञ्चालक तथा गोर्खा कम्युनिटीका संस्थापक मे.लक्ष्मीप्रसाद गुरुङ, गोर्खा कम्यूनिटीका अध्यक्ष धर्मराज गुरुङ, लगानीकर्ता क्या.नरबहादुर गुरुङ, गोर्खा एण्ड बराह सुन चाँदी पसल काडमाण्डौंका अध्यक्ष शिवकुमार लामिछाने, सञ्चारकर्मी खिमा गुरुङलगायतले गोर्खा बराहीको बारेमा चर्चा गरेका थिए ।

यसैबीच, प्रा.लि.को बार्षिकोत्सवको अवसरमा संस्थाले गोर्खा बराह फाउण्डेसन स्थापना गरेको छ । शिक्षा, स्वास्थ्य, महिलालगायतको क्षेत्रमा काम गर्ने उद्धेश्यले फाउण्डेसन स्थापना गरिएको अध्यक्ष धमलाले बताए । साथै संस्थाले केहि महिना भित्रमा पोखरामा एम्बुलेन्स सेवा सञ्चालन गर्ने जनाएको छ ।

You might also like

Comments are closed.