होण्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता बने संजय

काठमाडौं ।

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गर्दै ल्याएको “होण्डाको फेस्टिभ बोनान्जा” योजना अन्तर्गत पहिलो विजेता लक्की ड्र मार्फत कार्तिक ५ गते घोषणा गरिएको छ ।

बुटवलको ड्राइभवे व्हिलस् प्रा.लि. बाट WRV-SVMT खरिद गरी संजय नेपालले हरेक हप्ता हुने लक्की ड्र मार्फत ३ लाख ,५० हजार नगद उपहार प्राप्त गरेका छन् । यस योजना अन्तर्गत ग्राहकहरुले होण्डा कारको खरिदमा हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७%को छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

footwear zone

यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाखसम्मको क्यास ब्याक जित्न सक्ने जनाइएको छ । यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू गरिएको छ ।

 

You might also like

Comments are closed.