एकद्वार प्रणालीमार्फत व्यवसाय नवीकरण हुनुपर्ने निजी क्षेत्रको माग

पोखरा । केन्द्र, प्रदेश तथा स्थानीय स्तरमा गर्नुपर्ने व्यवसाय नवीकरणलाई एकद्वार प्रणालीमार्फत गर्न सकिने व्यवस्था मिलाउन निजी क्षेत्रले माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बावुराम गिरीको नेतृत्वको टोलीको गण्डकी प्रदेश सरकारसँग यस्तो माग गरेको हो ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मन्त्री मणिभद्र शर्मासँग भेटेर टोलीले एकद्वार प्रणालीबाट व्यवसाय नवीकरण गर्ने व्यवस्था लागु गरिए उद्योगी व्यवसायीलाई राहत हुने बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, लगायत दुवै संघका पदाधिकारीहरुको टोलीले आइतबार मन्त्री शर्मासँग भेटेको थियो ।

footwear zone

प्राइभेट फर्म रजिष्टेशन लगायत बन्दै गरेका ऐन नियमहरु, गण्डकी क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्न उच्च प्राथमिकता दिने लगायतका समसामयिक विषयमा टोलीले मन्त्री शर्मासँग छलफल गरेको लेखनाथ उद्योग वाणिज्य संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिए ।

You might also like

Comments are closed.