काठमाडौं । ब्राण्डेड सामग्रीहरु मात्रै बिक्री गर्ने लक्ष्यका साथ काठमाडौंको न्युरोडस्थित वसन्तपुरमा ‘ब्लेस’को शोरुम सञ्चालनमा आएको छ । शोरुमको सोमबार एक कार्यक्रमबीच काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले उद्घाटन गरिन् ।
शोरुममा ब्राण्डेड कपडा, डिजिटल एसेसरिज, ट्राभल एसेसरिज, हेल्थ एण्ड व्युटी लगायतका सामग्री बिक्री गरिनेछ । शोरुममा ब्लेस ब्राण्डसहित मिसियो, मिनिसो, सिसी, यिसियोन, विड्भी, टिबक्स, मार्भल लगायतका ब्राण्ड समावेश गरिएको छ ।
फेसन र लाइफस्टाइलसँग सम्बन्धित सामग्रीका लागि ब्लेसमा ग्राहकको आकर्षण देखिने विश्वास गरिएको छ । आधुनिक डिजाइन र उत्कृष्ट क्वालिटीका सामान सस्तो मूल्यमा प्राप्त गर्न सकिने सञ्चालक रञ्जु रञ्जितकारले जानकारी दिइन् ।

ब्लेसका अन्य शोरुमहरु सिटी सेन्टर, लबिम मल, सूर्य बिनायक, कीर्तिपुर, दरबारमार्ग र मनकामनामा छिट्टै सञ्चालनमा ल्याउने तयारी छ ।




Comments are closed.