वडाध्यक्षको रहर लाग्दो व्यवसाय

सानेबहादुर नेपाली/तनहुँ । भानुभक्त पोख्रेल तनहुँको बन्दिपुर गाउँपालिका–१ का वडाध्यक्ष हुन् । जनप्रतिनिधि भए पनि उनको स्वभाव भिन्न प्रकारकोे छ । जनप्रतिनिधि हाकिमको स्वभावले नभइ जनता, किसान र मजदूर भएर काम गर्नुपर्छ भन्ने सोच उनको छ ।

उनले भने, “ माछापालन व्यवसायबाट मैले राम्रो आम्दानी गर्दै आएको छु । मेरो प्रेरणाले वडावासी समेत व्यवसाय तर्फ उत्साहित भएर लागेका छन् । ” स्थानीयवासीलाई उत्पादनमा सहभागी गराउन र काम गरेर खानुपर्छ भन्ने सन्देश दिन पनि आफू व्यवसायमा संलग्न रहेको उनले बताए ।

बन्दिपुर कृषि फार्म दर्ता गरी उनले हाल तीन पोखरीमा माछा पालेका छन् । करिब तीन रोपनी क्षेत्रफमा निर्माण गरिएको पोखरीमा झण्डै तीन हजार माछा रहेको छन् । माछा बिक्रीको लागि पोखरीमा तयारी अवस्थामा छन् । उनले भने, “हिजो सोमबार मात्रै एक सय बीस किलो माछा बिक्री हुँदा रु पचास हजार बराबरको बिक्री भएछ ।”

footwear zone

सामाजिक सञ्जाल फेसबुकमार्फत ‘पोखरीको माछा निकाल्न लागिएकोले आवश्यक पर्नेले घरमा आएर लैजान सक्नुहुनेछ’ भनि स्टाटस राखिएपछि उक्त माछा दुई घण्टामै विक्री भएको उनले बताए ।

उनका श्रीमती मेनका भट्टराईले माछाको हेरचाह गर्दै आएकी छन् । पोखरीको रेखदेखमा उनले सहयोग गरेपनि माछा बिक्रीको लागि बजार क्षेत्र हेर्ने गरेको वडाध्यक्ष पोख्रेल बताउछन् । पोखरीमा कमन कार्प र पङगास जातका माछा छन् । पङगास प्रतिकिलो रु पाँच सय र कमन कार्प रु चार सयमा बिक्री गर्ने गरेको उनले जानकारी दिए ।

पोखरी निर्माणको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट दुई पोखरीको लागि रु पचास हजार र कृषि ज्ञान केन्द्रबाट माछाका भुरा निःशुल्क उपलव्ध गराएको हो । सुरुमा करिब दुई लाख लगानी गरेका पोख्रेल दम्पत्तीले दुई लाखको माछा बिक्री हुने विश्वास गरेका छन् । धान, मकै र तरकारीखेती भन्दा माछापालन व्यवसायबाट राम्रो आम्दानी हुने गरेको जनाइएको छ ।

विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठ, प्राविधिक रुद्र ठकुरी र गाउँपालिकाका पशु शाखाका प्रमुख मधुविलास न्यौपानेको निरन्तर प्राविधिक सहयोग लिएर वडामा नमूना माछा फार्म बनाउन प्राथमिकता दिइएको छ ।

You might also like

Comments are closed.