काठमाडौं । विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणको सिफारिसमा विद्युतको नयााँ महसुल दर कायम गरेको छ । आगामी मंसिर महिनादेखिको विद्युत खपत र पुष महिनादेखीको विलिङमा लागु हुनेगरी विद्युत नियमन आयोगले नयाँ महसुल दर सार्वजनिक गरेको हो ।
नेपाल सरकारको नीति, नेपाल विद्युत प्राधिकरणको वित्तीय अवस्था र उपभोक्ताको हितलाई मध्यनजर गर्दे उपभोक्ता महसुल दर निर्धारण गरिएको बताइएको छ । विपन्न नागरिकलाई लक्षितगरि ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क नलाग्ने र न्युनतम मासिक शुल्क ३० रुपैयाँ कायम गरिएको छ । सिंगल फेजबाट विद्युत लिएर मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क साविकको दरमा प्रतियुनिट ५० पैसा घटाई प्रतियुनिट ९. रुपैयाँ ५० पैसा कायम गरिएको छ । त्यसैगरि सिंगल फेजबाट आपुर्ती लिई मासिक ४०० युनिभन्दा माथि विद्युत खपत गर्ने उपभोक्ताको इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाएर प्रतियुनिट ११ रुपैयाँ कायम गरिएको छ ।
सिंगल फेजबाट आपुर्ती लिई मासिक १५१ युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ताको लागि विद्युतिय चुल्हो जस्ता घरायसी उपकरणको प्रयोगमा प्रोत्साहन गर्ने उदेश्यले साविककोभन्दा कम महसुल हुनेगरि महसुल दर निर्धारण गरिएको विद्युत नियमन आयोगका अध्यक्ष डिल्ली बहादुर सिंहले जानकारी दिए ।

थ्री फेजबाट विद्युत आपुर्ती लिने उपभोक्ताको लागि असारदेखि कार्तिकसम्म र मंसिरदेखि जेठसम्म मौसमी दर कायम गरिएको छ ।
थ्रीफेज तल्लो भोल्टेज (२३०÷४००) भोल्टबाट आपुर्ती लिने उपभोक्ताको हकमा मासिक ४०० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको बर्षा यामको इनर्जी शुल्क साविकको दरमा प्रति युनिट १ रुपैयाँ घटाई १० रुपैयाँ ५० पैसा कायम गरिएको छ भने मासिक ४०० युनिटभन्दा बढि विद्युत खपत गर्नेको लागि साविकको दरमा १ रुपैयाँ ५० पैसा घटाई १० रुपैयाँ ५० पैसा र सुख्खा यामको इनर्जी शुल्क ५० पैसाा घटाई प्रतियुनिट ११ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
ट्युववेल संचालनगर्ने उपभोक्ताकालािग औषतमा ४०.६९ प्रतिशत महसुल घटाइएको छ । टिओडी मिटर मार्फत ३३ के.भी आपुर्ती लिने उपभोक्ताका लागि राति ११ बजेदेखि बिहान ५ बजेसम्म इनर्जी शुलक प्रतियुनिट १ रुपैयाँ १५ पैसा घटाई प्रतियुनिट २ रुपैयाँ कायम गरिएको छ भने बिहान ५ बजेदेखि साझ ५ बजेसम्म इनर्जी शुल्क प्रतियुनिट १ रुपैयाँ ७० पैसा घटाई प्रतियुनिट ३ रुपैयाँ कायम गरिएको बताइएको छ । टिओडी मिटर मार्फत ११ के.भीबाट आपुर्तीलिने उपभोक्ताको लागि राति ११ बजेदेखि बिहान ५ बजेसम्म्को इनर्जी शुल्क प्रतियुनिट १ रुपैयाँ ५० पैसा घटाई प्रतियुनिट २ रुपैयाँ र बिहान ५ देखी साझ ५ बजेसम्म प्रतियुनिट १ रुपैयाँ ६५ पैसा घटाई ३ रुपैयाँ १० पैसा कायम गरिएको छ ।




Comments are closed.