प्रोग्रेशिभ फाइनान्सको एक्सटेन्सन काउन्टर शाखा कार्यालयमा परिणत

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले बाग्मति प्रदेश अन्तर्गत काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका ३२ मा रहेको तिनकुने एक्सटेन्सन काउन्टरलाई शाखा कार्यालयका रुपमा परीणत गरी कारोबार शुरुवात गरेको छ ।

शाखा कार्यालय थप भएपछि १६ वटा शाखा कार्यालयहरु तथा ५ वटा एक्सटेन्शन काउन्टरहरु मार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछन् । यस फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाबाट समेत प्रवाह गरिनेछ ।

स्थापना गरिएको नयाँ शाखाबाट काठमाडौं महानगरमा बसोबास गर्ने सर्वसाधारणहरुको घरदैलोमा नै पुग्ने गरी आधुनिक प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाह लगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले प्रतिबद्धता व्यक्त गरेका छन् ।

footwear zone

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, कर्पोरेट पे, सी आस्वा लगायत आधुनिक प्रविधिमा आधारित सबै प्रकारका डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ । फाइनान्सले आगामी दिनहरुमा देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रहरुमा थप शाखाहरु स्थापना गरी वित्तीय सेवा प्रवाहलाई विस्तार गर्ने योजना बनाएको छ ।

You might also like

Comments are closed.