विकट गाउँ पोखरियामा बिजुली, स्थानीयवासीले खुशीयाली मनाए

उदयपुर । जिल्लाको पश्चिमी क्षेत्रको कटारी नगरपालिका–१ पोखरियामा पहिलोपटक बिजुली पुगेपछि स्थानीयवासीले खुशीयाली मनाएका छन् ।

राष्ट्रिय प्रसारण लाइनअन्तर्गत बुधबार पोखरियामा पहिलो पटक बिजुली पुगेपछि पोखरिया क्षेत्रका झण्डै २२० परिवार लाभिान्वित भएका छन् । स्थानीय रामबहादुर खत्रीले बिजुली पुगेपछि गाउँलेले भेला भएर नाचगान गरेर खुशीयाली मनाएको बताए । प्रदेश नं १ का प्रदेशसभा सदस्य कलाकुमारी घले र कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले संयुक्तरूपमा पोखरीमा बिजुलीको स्वीच थिचेर उद्घाटन गरिन् ।

विद्युत् प्राधिकरण कटारीका प्रमुख लक्ष्मण साहका अनुसार प्राधिकरण र कटारी नगरपालिकाको रु ८५ लाखको लागतमा पोखरियामा बिजुली पुगेको हो । लामो समयदेखि सो क्षेत्रका बासिन्दाले बिजुली नहुँदा समस्या झेल्दै आएका थिए । घर घरमा मिटर जडान गर्ने कार्य धमाधम सुरु गरेको साहले बताए ।

footwear zone

स्थानीय दलबहादुर कार्की भन्छन्, “टुकी बत्ती बालेर रात बिताउनुपर्ने बाध्यता थियो । अब त्यसको अन्त्य भएको छ ।” गाउँमा बिजुली बत्ती बलेपछि गाउँलेले टेलिभिजन किन्न थालेका छन् । मोबाइल चार्ज गर्नसमेत सहज भएको कार्कीले बताए । कटारी नगरपालिका–२
कालीखोला, त्रिवेणी र ग्रास हुँदै पोखरियामा बिद्युत प्रसारण लाइन विस्तार गरिएको हो ।

You might also like

Comments are closed.