शुक्रबार सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपालमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ ले गिरावट भएको छ । स्थानीय बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ तोकिएकामा बिहीबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँ मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ रहेकामा बिहीबार प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएकोे थियो ।

यसैगरी आज चाँदी बिहिबारको तुलनामा प्रतितोला रु पाँच घटेर १ हजार २ सय ४५ रुपैयाँ कायम भएको छ । चाँदी बिहीबार प्रतितोला १ हजार २ सय ५० रुपैयाँ मा कारोबार भएको थियो ।

footwear zone

छापावाल सुन यो साताको मङ्गलबार अधिकतम रु ९२ हजार ६०० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

You might also like

Comments are closed.