काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ७ सय ४६ जनामा कोरोना परीक्षण गर्दा ५ सय ४९ जनामा संक्रमण पाइएको हो ।
आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १० हजार १ सय ५१ जना रहेका छन् । ५ सय भन्दा बढी संक्रमित भएका जिल्ला ४ र २ सय भन्दा बढी संक्रमित भएका जिल्ला नौ रहेका छन् । ५ सय भन्दा बढी संक्रमण हुने जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८.५ प्रतिशत रहेको छ । संक्रमित शून्य रहेका जिल्ला मुगु मात्र रहेको छ ।

पछिल्लो २४ घण्टामा ५ सय ६९ जनाले संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९० हजार ३ सय ५८ पुगेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ ।
६ जना को मृत्यु
यसैगरी आज कोरोना संक्रमणबाट छ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ११ हजार ३ सय ८८ जनाको मृत्यु भइसकेको छ । होम आइसोलेसन नौ हजार ३ सय ७९, संस्थागत आइसोलेसनमा ७ सय ७२, सघन उपचार कक्ष (आइसियु)मा २ सय ४२ र भेन्टिलेटरमा ७८ जना रहेका छन् ।
आज एक लाख २५ हजार ५ सय २७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८६ लाख ६२ हजार २ सय ५० जना पहिलो मात्रा र ६९ लाख ८४ हजार १ सय ५७ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।




Comments are closed.