नयाँ दिल्ली, भारतमा गएको २४ घण्टामा १४ हजार ३ सय ८४ जना कोरोनाका संक्रमति थपिएपछि कूल संक्रमितको संख्या तीन करोड ४२ लाख ४६ हजार १ सय ५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
सोही अवधीका कोरोना संक्रमणबाट ८०५ जनाको मृत्यु भएपछि यस रोगबाट ज्यान गुमाउनेको कूल संख्या चार लाख ५७ हजार १९१ पुगेको छ । एकै दिनमा कोरोनाबाट ज्यान गुमाएका यी व्यक्तिहरुमा ७०८ जना केरला राज्यका रहेका छन् ।
हाल भारतमा एक लाख ६१ हजार ३ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।

भारतमा कोरोना शुरु भएदेखि तीन करोड ३६ लाख २७ हजार ६३२ जना व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ मात्र १३ हजार १९८ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ ।




Comments are closed.