विदेश जाँदा ऋण, गाउँमै पशुपालनबाट सन्तुष्टि

तारानाथ आचार्य/गलकोट । पछिल्लो समय युवा वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढ्दै गइरहेका बेला स्वदेश फर्केर व्यावसायिक उत्पादनमा लाग्ने युवाको सङ्ख्या बढ्दो छ ।

करिब दुई वर्ष दुबईमा काम गरी घर फर्किएका बागलुङ नगरपालिका–८ सिगानाका टीकाबहादुर क्षत्रीले रु १७ लाख लगानीमा एक वर्षअघिदेखि गाउँमै लक्ष्मी पशु कृषि फार्म सञ्चालन गरेका थिए । २५ वर्षका क्षत्रीले विदेश बसाईपश्चात् आफ्नै गाउँ ठाउँमा केही गरौँ भन्ने सोच लिएर व्यावसायिक काम आरम्भ गरेको बताए । “१२ कक्षा पास गरी दुबई पैसा कमाउने सपना बोकेर गएको थिए, तर त्यहाँ जाँदा लागेको ऋणसमेत तिर्न सकिन”, क्षत्रीले भने, “विदेश गएपछि बल्ल महसुस भयो कि विदेशमा गर्ने दुःख आफ्नै ठाउँमा गरे यही धेरै राम्रो गर्न सकिन्छ, विदेश गएको ऋणसमेत अब पशुपालनबाटै उकास्ने योजना छ ।” त्यसपछि गाउँ आएर भैँसीपालन थालेको उनको भनाइ छ ।

“अहिले गोठमा १६ वटा भैँसी छन्, पोखराबाट रु एक लाख ५० हजार देखि दुई लाखसम्म पैसा तिरेर ल्याइएका भैंसी छन्, अझै थप गर्ने योजना छ, मासिक रु ९० लाख आम्दानी हुन्छ, अहिलेसम्म लगानी नउठे पनि घाटा भने भएको छैन”, उनले भने । दैनिक ४० लिटर दूध बागलुङ बजारमा बिक्री गर्ने क्षत्री बताउछन् । क्षत्री भन्छन्, “अहिले गाउँ घरमा युवा युरोप अमेरिका जानेको लर्को छ, त्यो लर्कोका कुरा सुन्ने र देख्ने मेरा घरका परिवारलाई मैले गाउँमै आएर पशुपालन गर्छु भनेर कुरा राख्दा बुबाआमा र श्रीमती खुसी हुँदै स्वदेश फर्कने अनुमति दिनुभएको थियो ।” विदेशबाट गाउँमा आएर रु १७ लाख ऋण लिएर काम सुरु गरेको क्षत्रीले बताए ।

footwear zone

अहिले उनको गोठमा १६ वटा भैँसी छ । गोलभेँडा खेती लगाइएको छ । गोठको काम गर्न बुबा मानबहादुर र श्रीमती देवीले सघाएकी छन् । करिब ३० रोपनी जग्गा भाडामा लिएर फार्म र भैँसीका लागी घाँस रोपेको क्षत्रीले बताए । आगामी दिनमा कृषिलाई पनि अगाडि बढाउने र गाउँका युवालाई रोजगार दिने योजना उनको छ ।

अहिलेसम्म पालिका र वडाबाट कुनै अनुदान नलिएरै अगाडि बढेको क्षत्री बताउछन् । पालिका र वडाबाट युवा लक्षित कार्यक्रम गाउँ–गाउँमा ल्याउने हो भने युवा विदेश पलायनबाट रोक्न सकिने क्षत्री बताउछन् ।

You might also like

Comments are closed.