आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

 

काठमाडौं । काठमाडौं बूढानीलकण्ठ नगरपालिका–४ स्थित एक घरमा आगलागी हुँदै १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय पासिकोट शिवमन्दिर नजिक बस्ने ४३ वर्षीय दिलसेन खड्काको घरमा ग्याँस सिलिन्डर पड्किएर गए राति आगलागी भएको हो ।

footwear zone

प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार सङ्कलित प्रारम्भिक विवरणमा आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद १ लाख ५० हजार रुपैयाासहित १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

You might also like

Comments are closed.