हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउँछौँ : मन्त्री शर्मा

 

हेटौंडा । अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले सरकारी स्वामित्वमा रहेका बन्द उद्योग सञ्चालनमा ल्याएर युवामा रोजगार सिर्जना गर्ने बताए । आइतबार हेटौँडामा वाइसिएल हेटौँडाको नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले बन्द रहेका हेटौँडाको कपडा उद्योग, गोर्खाको टायर उद्योग, जनकपुरको चुरोट कारखानालगायत दर्जनौँ उद्योग सरकारले पुनःसञ्चालनमा ल्याएर हजारौँ युवालाई रोजगार दिने सरकारको योजना रहेको सुनाए ।

विद्यार्थीलाई पढाई सकिँदासम्म उद्यमी, व्यवसायी र प्राविधिक बनाइसक्ने योजनाअनुरुप सरकारले ‘कमाउँदै, पढ्दै’ योजना ल्याएको मन्त्री शर्माको भनाइ छ । यसैगरी घाइतेलाई उपचार, अतिविपन्न परिवारलाई तिहारलगत्तै रु १० हजार दिने योजना सरकारको रहेको उनले बताए । यसका साथै भर्खरै गएको बाढीले धानबाली नष्ट भएकामा किसानको खेतीअनुसार सरकारले ६५ प्रतिशतसम्म राहतको व्यवस्था गरेको मन्त्री शर्माको भनाइ छ । जनतालाई जनमुखी सरकार छ भन्ने आभास दिने उनले जनाए ।

footwear zone

त्यसैगरी वाग्मती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश सरकारले जनताको भावनाअनुरुप कार्य गर्ने बताइन् । सरकारले गर्नसक्ने जनपक्षीय कार्य आफूहरूले गर्ने उनको भनाइ छ । कार्यक्रममा वाइसिएल नेपालका इञ्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले माओवादीले महिला, युवालगायतलाई पार्टीमा मात्र नभएर सरकारमा जाने अवसरसमेत प्रदान गरेको जनाए ।

You might also like

Comments are closed.