काठमाडौं । नेपालको सुनचाँदी बजारमा सोमबार सुनको मूल्य प्रतितोला सय ले बढेर छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । आइतबार उक्त सुन प्रतितोला ९१ हजार ७ सय मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेकामा आइतबार प्रतितोला ९१ हजार २ सय तोकिएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर १ हजार २ सय ४५ कायम भएको छ ।

चाँदी आइतबार प्रतितोला १ हजार २ सय ४० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।




Comments are closed.