बढ्यो सुनको मूल्य, कारोबार मूल्य कति ?

काठमाडौं । नेपालको सुनचाँदी बजारमा मंगलबार छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २ सयले बढेर ९२ हजार रुपैयाँ कायम भएको छ । पहेँलो धातु सोमबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ रहने छ जसको मूल्य सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकिएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर १ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

footwear zone

महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । रासस

You might also like

Comments are closed.