काठमाडौं । नेपाल कै अग्रणी सिमेन्ट उत्पादक कम्पनी यस शिवम् सिमेन्ट्स लिमिटेडले पव्लिक कम्पनीमा परिणत भईसकेपछिको छैठौं वािर्षक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा शेयरधनीहरुको श्ययm ख्ष्चतगब िमाध्यमबाट समेत सहभागिता र उपस्थितीमा रहेको थियो ।
साधारण सभाले शेयरधनलाई चुक्ता पूँजी रु. ४ अर्व ४० करोडको २९ प्रतिशत (उनान्तिस प्रतिशत) का दरले (लाभांशमा लाग्ने कर सहित) हुन आउने रु. १ अर्व २७ करोड ६० लाख मात्र नगद लाभांश रकम वितरण गर्ने प्रस्ताव सहित कम्पनी संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेकोे आ. व. २०७७।०७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका सम्लग्न विवरणहरु, आ. व. २०७८।०७९ को आय व्ययको लेखापरीक्षण गर्नसुवोध एशोसियट्स, चार्टर्ड एकाउण्टटेण्ट, काठमाडौंलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सहितका सामान्य र विशेष प्रस्तावहरु पारित गरेको छ ।

सर्व साधारण शेयरधनीहरुको बैंक खातामा शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लि. मार्फत नगद लाभांश वितरण गर्ने कार्यक्रम रहेकोले आ आफ्नो नामको बैंक खाता नम्बर डिम्याट एकाउण्टमा अद्यावधिक नगरेको भए अद्यावधिक गरी नगद लाभाँस प्राप्त कम्पनीले आग्रह गरेको छ ।




Comments are closed.