सूचना नदिएको भन्दै १५ हजार रुपैयाँ जरिवाना

 

काठमाडौं । सूचना उपलब्ध नगराएको भन्दै पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी निर्देशक डा घनश्याम खतिवडालाई १५ हजार रुपैयाँ जरिवाना गराइएको छ ।

सार्वजनिक निकाय पशुपति क्षेत्र विकास कोषका प्रमुख, डा खतिवडाबाट नेपालको संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा १ र २ ले प्रदान गरेको नेपाली नागरिकको सूचना माग्ने र पाउने हकको उलङ्घन भएको भन्दै उहाँलाई जरिवाना गरिएको राष्ट्रिय सूचना आयोगले जानकारी दिएको छ ।

footwear zone

आयोगका प्रवक्ता कमला ओली थापाका अनुसार झापा जिल्ला, बाह्रदशी गाउँपालिका–६, हाल काठमाडौँ निवासी बलबहादुर प्रधानले पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रमुख डा खतिवडा र सूचना अधिकारीसमक्ष आफूसँग सरोकार भएको सूचनाको माग गरेका थिए ।

You might also like

Comments are closed.