सहारा एकेडेमीको जिम्मा व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले लिने

पोखरा । सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले वार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको छ ।
पोखरामा बुधबार एक कार्यक्रमका बीच स्व.केसीकी धर्मपत्नी प्रेम कुमारी केसी, छोराहरु प्रकाश केसी, किरण केसी र रोशन केसीको उपस्थितीमा सहारा क्लवका अध्यक्ष हरि गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

एकेडेमीको जिम्मेवारी लिएसँग सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन गरिएको छ। क्लबसँग दशवर्षे सम्झौता गर्दै ‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ। सम्झौता अनुसार वार्षिक केसी परिवारले एकेडेमीको लागि वार्षिक १५ लाख रुपैयाँ दिने सहमती पत्रमा उल्लेख गरीएको छ ।

सम्झौता आदान प्रदान कार्यक्रममा वोल्दै केसीका छोरा तथा यूवा उद्योगपती प्रकाश केसीले सहारा संग आफ्ना वुवाको संस्थागत निकटता र सवैलाई मायाको दृष्टिकोणले हेर्ने भएकोले पनि परिवारले एकेडेमीको सञ्चालनका लागि सम्झौता गरेको बताए ।

footwear zone

हिमश्री फुड्सका निर्देशक किरण केसीले आफ्नो वुवाको नाम सहारा एकेडेमी सँग जोडिन पाउँदा निकै गौरव लागेको बताए । अर्को छोरा रोशन केसीले आफ्नो वुवाको काम र विचारलाई स्थापित गर्ने सँगै जिवन्त बनाई राख्न सहारा एकेडेमी सँग जोडिएको बताए । सो अवसरमा उनले भविष्यमा समेत सहाराका हरेक कार्यमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त समेत ब्यक्त गरे ।

सहयोग दाताको भरमा सन्चालन हुँदै आएको एकेडेमीमा पहिलो पटक ठूलो राशीको सहयोग केसि परिवारले गरेको हो । एकेडेमीमा १४ जिल्लाका २४ जना कठिन परिस्थितिका बालकहरु आश्रित रहदै आएको क्लवका अध्यक्ष हरि गुरुङले बताए ।

सयोगले उनीहरुको शिक्षा दीक्षा सहित फुटबल प्रशिक्षण एकेडेमीले खर्च गर्नेछ । हालसम्म सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रेलियाबाट सहयोग पठाउने गरिएको थियो । एकेडेमी चलाउनकै लागि क्लवले आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ । सहारा क्लबले आयोजना गर्दै आएको आहारारा गोल्डकपको २० औं संस्करण माघ ६ देखि सुरु हुने अध्यक्ष गुरुङले बताए ।

हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको नाममा केसी परिवारले फुटवल प्रतियोगिताको मुख्य प्रयोजन समेत गरेको छ । सहारा क्लवले आफैले जग्गा खरिद गरेर दोविल्लामा एकेडेमी सन्चालन गरेको छ ।

You might also like

Comments are closed.