काठमाडौं ।
लोकतन्त्र, मानव अधिकार, शान्ति र सामाजिक न्यायका क्षेत्रमा काम गर्दै आएको मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले देउसी भैलोबाट एक लाख १४ हजार रूपैयाँ सहयोग जुटाएको छ ।
सहयोग मानव अधिकार र सामाजिक काममा खर्च गरिने जिल्ला शाखा काठमाडौंका कार्यवाहक सभापति भगवान् पुडासैनीले राससलाई जानकारी दिए । समाजले विगत वर्षदेखि नै तिहारका अवसरमा देउसी भैलो खेली सामाजिक गतिविधि गर्न कोष खडा गर्दै आएको उनले सुनाए ।

नेपालीको दोस्रो ठूलो चाड तिहारका अवसरमा आयोजित कार्यक्रममा वाग्मती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे, काठमाडौैं महानगरपालिका वडा नं ६ का अध्यक्ष दीपेन्द्रकुमार लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदी, वडा नं ६ का अध्यक्ष रमेश अर्याल, वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानालगायत २ सय जना बढी अभियानकर्मीको सक्रियता थियो ।




Comments are closed.