काठमाडौं । नेपालको सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले उकालो लागेर ९२ हजार ७ सय कायम भएको छ । पहेँलो धातु मङगलबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार ब्धबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ रहने छ जसको मूल्य मङ्गलबार ९१ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।
त्यस्तै बुधबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी मङ्गलबार प्रतितोला एक हजार २ सय ५० रुपैयाँ मा कारोबार भएको थियो ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस एक हजार ८ सय २६ दशमलव ९४ डलरमा कारोबार भइरहेको छ ।




Comments are closed.