वहुउदेश्यीय भवन निर्माणकालागि देउसी भैलो

 

पोखरा । पोखरा महानगरपालिका १५मा रहेको नमुना टोलको रुपमा परिचित तल्लो जनशक्ती टोलमा बहुउदेश्यीय भवन निर्माणका लागि देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ ।

वडा नं १५ लाई ने समेट्नेगरि स्वास्थ्य, धार्मिक तथा समसामयिक कार्यक्रम गर्दै आएको टोलले वहुउदेश्यीय भवन निर्माणगरि टोल तथा वाडवासीको आर्थिक सामाजिक तथा सांकृतिक विकासमा लाग्ने टोल विकास समितिका अध्यक्ष मनहरी सुवेदीले बताए ।

footwear zone

देउसी भैलो कायक्रमबाट संकलित रकम गणेश पुराणमा खर्च गर्ने र पुराणबाट संकलित रकम भवन निर्माणमा खर्च गरिने आमा समुहका अध्यक्ष एलिना पराजुलीले जानकारी दिइन् ।

You might also like

Comments are closed.