काठमाडौं । नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य बिहिबार प्रतितोला एक हजार ३ सय रुपैयाँले बढेको छ । सुनको मूल्य प्रतितोला ९४ हजार कायम भएको छ । बुधबार उक्त सुन प्रतितोल ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रहेको छ । बुधबार प्रतितोला ९२ हजार २ सय तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य बुुधबारका तुलनामा २० बढेको छ । चाँदीको मूल्य एक हजार २ सय ७० रुपैयाँकायम भएको छ । चाँदी बुधबार प्रतितोला एक हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८ सय ५० डलरमा कारोबार भइरहेको छ ।




Comments are closed.