पोखरा रोयल सहकारीको अन्तर कर्मचारी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

पोखरा । स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराका साथ पोखरा रोयल बचत तथा ऋण सहकारीको कर्मचारीहरु बीच एक दिवसीय पूरुष तथा महिला एकल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

पोखराको नयाँगाँउमा रहेको ब्रिटिस गोर्खा ट्रेनिङ सेन्टरको ब्याडमिन्टन हलमा सम्पन्न भएको प्रतियोगितामा पुरुषतर्फ १६ जना र महिला तर्फ १० जना कर्मचारीको सहभागिता रहेको थियो । प्रतियोगितामा पुरुष एकल तर्फ संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ प्रथम र सुपरिवेक्षक बिजय गुरुङ द्धितिय र महिला तर्फ सहायक सोनिका आले प्रथम र सहायक समिता गुरुङ द्धितिय भएका छन् ।

विजयी कर्मचारीहरुलाई संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ र मूख्य प्रवन्धक मीलन ढकालले प्रमाण पत्र, मेडल र गिफ्ट भौचर प्रदान गरेका थिए । यसै क्रममा अध्यक्ष गुरुङले खेलकूदले कर्मचारी बीच भाईचाराको सम्वन्ध विकास हुनका साथै मानसिक थकान कम हुने र शारिरिक स्वास्थ्यमा मद्धत गर्ने बताइन् । प्रतियोगिता तथा समापन कार्यक्रम संस्थाका अधिकृत तथा खेल संयोजक अभिषेक गुरुङले सञ्चालन गरेका थिए ।

footwear zone

पोखरा रोयल वचत तथा ऋण सहकारीले कर्मचारीहरुको मानसिक तथा शारिरिक स्वास्थ्यको लागि समय समयमा विविध खाले खेलकुद तथा मनोरञ्जनका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताए ।

You might also like

Comments are closed.