स्व. सूर्यबहादुर के.सी.को स्मृतिमा अर्धकदको शालीक

पोखरा । माछापुच्छ्रे बैकं पोखराका पूर्व अध्यक्ष स्व. सूर्य बहादुर के.सी.को स्मृर्तिमा माछापुच्छ्रे बैकं पोखरा नयाँबजारको कार्यालय परिसरमा स्व केसीको अर्धकद शालीक स्थापना गरिएको छ ।

शालिकको शुक्रबार एक समारोहबीच स्व केसीकी धर्मपत्नी प्रेम कुमारी केसीले अनावरण गरिन् । काठमाडौंका कलाकार एवम् मूर्तिकार विकल प्रजापतीले शालीक बनाएका हुन् । कार्यक्रममा स्व केसीका बारेमा बोल्दै पूर्व प्रहरी वरिष्ट उपरीक्षक कृष्ण बहादुर थापाले स्व केसीको दुर दृिष्टकोर्णले मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रलाई नेत्तृत्व गरेको बताए ।

यसैगरी बैकंका संचालक कवि हरिभक्त सिग्देल (महेश) ले स्व केसी भौतिक रुपमा हामी माझ नभएपनि सूर्यको प्रकाश जस्तै उनका विचारहरु संसारमा फैलिएको बताए ।

footwear zone

कार्यक्रममा स्व केसीका जेष्ठ सुपुत्र प्रकाश के.सीले धन्यबाद व्यक्त गर्दैै आफ्नो पिताको सोच र विचारलाई समाजले ग्रहण गरेकोमा आभार व्यक्त गरे ।
शालीक अनावरण समारोहमा माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्र महतो बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला,  केसी समूहका कार्यकारी निर्देशक किरण केसी, बैंकका संचालक रोशन केसीलगायतले शालीकमा पुस्प गुच्छा अर्पण गरेका थिए ।

You might also like

Comments are closed.