वद्धाश्रममै च्याउखेती

शेरबहादुर सिंह/महृन्द्रनगर । मनकारी दाताका सहयोगबाट सञ्चालित कञ्चनपुरको महेन्द्रनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा व्यवसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न थालिएको छ ।

वृद्धाश्रमको आयस्रोत बढाउनुका साथै आश्रित ज्येष्ठ नागरिकका पालपोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले लामो समयदेखि यहाँको वनखेतमा रहेको सो केन्द्रमा च्याउखेती गरिँदै आएको छ । केन्द्रका अध्यक्ष शारदा चन्दले वृद्धाश्रम सञ्चालनमा आर्थिकरूपले टेवा पुगोस् भन्ने ध्येयले आफूहरु विगत एक दशकयता वद्धाश्रममै च्याउखेती गरिरहेको जानकारी दिए । “वृद्धाश्रमलाई स्थानीयवासीदेखि सङ्घीय सरकारको कुनै नियमित सहयोग छैन्”, उनले भने, “दाताहरूको सहयोग र पछिल्लो समय कार्यसमिति नै आयमूलक काममा खटिएर वद्धाश्रम सञ्चालन गरिरहेका छौँ ।”

डेढ दशकदेखि अधिकारकर्मीकारूपमा सक्रिय उहाँको नेतृत्वले सञ्चालन गरेको वद्धाश्रममा हाल सुदूश्चिमदेखि काठमाडौँ, भक्तपुर, दाङ र सिराहालगायतका जिल्लाका गरी ६३ वद्धा आश्रित रहेका छन् । अध्यक्ष चन्दले पछिल्लो समय च्याउखेतीको मौसममा च्याउ बिक्रीबाट रु तीन लाखसम्म आम्दानी भएको बताए ।

footwear zone

“च्याउखेतीका लागि कृषि ज्ञान केन्द्रबाट सहयोग हुँदै आएको छ”, उनले भने, “यसपटक भने आश्रममा पालेका कुखुरा बेचेर च्याउको बीउ खरिद गरेका छौँ ।” स्थानीय सरकारबाट वृद्धाश्रमलाई सहयोग नभएकोप्रति उनले गुनासो पोखे । “पालिकामा जनप्रतिनिधि आएपछि वृद्धाश्रमलाई दिने रकम नै कटौती भयो”, अध्यक्ष चन्दले भने, “हामीले अहिले सामाजिक सञ्जालमा समेत क्याम्पियन चलाएर वद्धाश्रम सञ्चालन गरिरहेका छौँ ।”

गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारले वृद्धाश्रमलाई रु पाँच लाख सहयोग गरेको उनले बताए । वृद्धाश्रममा च्याउखेती, कुखुरापालन र वृद्धाश्रमको चार कठ्ठा खेतमा फलफूल खेती गर्ने तयारी गरिएको उनले बताए । “च्याउखेती र कुखुरापालनबाट आम्दानी ठिकै भएको छ”, उनले भने, “जेनतेन मनकारी दाता, व्यक्तिको सहयोगबाट वद्धाश्रम चलेको छ ।”

वद्धाश्रम सञ्चालनका लागि वार्षिक रु ४० लाखभन्दा बढी रकम खर्च हुने गरेको जनाइएको छ । त्यसैगरी यहाँको बेदकोट नगरपालिका–८ मा रहेको बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्र पनि दाताका सहयोगमा चलिरहेको छ ।

“यहाँ जन्मदिन, श्राद्धलगायतका पुनीत कार्यमा आउनेहरूबाट निकै सहयोग भइरहेको छ ।” सेवा केन्द्रका उपाध्यक्ष मोहनबहादुर चन्दले भने, “गत वर्ष बेदकोट नगरपालिकाले पनि रु तीन लाख सहयोग गरेको थियो ।” उहाँले मुठ्ठीदानबाट सुरु भएको वद्धाश्रमको अवस्था आर्थिकरूपले सबल हुन नसकेको बताए ।

वद्धाश्रमको व्यवस्थान खर्चका लागि गत वर्ष प्रदेश सरकारले रु पाँच लाख सहयोग गर्नुका साथै संरचना निर्माणमा पनि सहयोग रहेको जानकारी उनले दिए ।

You might also like

Comments are closed.