माछापुच्छ्रे बैंकले ल्यायो MBL CARDLESS WITHDRAWAL

काठमाडौं । बैंकिङ क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैकले विशेष गरी डिजीटल बैंकिङमा अनुसन्धान र खोजलाई प्राथमिकता राख्र्दै नविनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकहरु माझ संचालन गर्दै आएको छ ।

यसैक्रममा समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिदै ग्राहकको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्धेश्यले MBL CARDLESS WITHDRAWAL सेवा बैंकले संचालनमा ल्याएको हो ।

हाल डेबिट कार्ड प्रयोग गरी ATM बाट रकम झिक्दै आएका हाम्रा ग्राहकहरूले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी Cardless Withdrawal Option गई यस बैंकको ATM हरु बाट नगद झिक्न सक्नेछन् । यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आफ्ना ग्राहकलाई बैंकले अनुरोध गरेको छ ।

You might also like

Comments are closed.