गरिमा विकास बैंकमा सहारा विकास बैंक प्राप्तिभई एकिकृत कारोवार शुरु

काठमाडौं । कात्तिक २८ गते आइतवारबाट काठमाण्डौं जिल्ला काठमाण्डौँ महानगरपालिका वडा नंं. २ लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडमा सर्लाही जिल्ला मलंगवा वडा नं. ९ मा केन्द्रिय कार्यालय रहेको साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति भई गरिमा विकास बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार शुभारम्भ भएको छ ।

प्राप्ति पश्चात विकास बैंकको जारी तथा चुक्ता पूँजी तीन अर्व चौरानब्बे करोड एकासी लाख त्रियासी हजार एक सय पाँच र आठ पैसा पुग्ने छ ।
प्राप्ति पश्चात विकास बैंकको केन्द्रिय कार्यालय काठमाण्डौं महानगरपालिका वडा नं. २ लाजिम्पाटमा तथा एक्टेन्सन काउन्टर सहित १११ वटा शाखा कार्यालय हुनेछ ।

प्राप्ति प्रश्चात बैंैँकले शेयरधनी, सेवाग्राही, कर्मचारी लगायतका सम्पूर्ण सरोकारवालाहरुको सन्तुष्टिमा गुणात्मक वृद्धि भई समाजमा बैकिङ क्षेत्रप्रतिको जनविश्वास अझ दरिलो बन्दै जाने विश्वास लिइएको छ ।

footwear zone

सर्लाहीको मलंगवामा आयोजित एकिकृत कारोवार शुभारम्भ समारोह प्रदेश २ महिला वालवालिका एवं युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहबाट समुद्धघाटन भएको छ । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले उपस्थित सम्पूर्णमा स्वागत गरेका थिएभने संचालक डा. आनन्द प्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । साविक सहारा विकास बैंक लिमिटेडका अध्यक्ष सुगन्ध कुमार गुप्ताले सम्पूर्ण शेयरधनी, कर्मचारी तथा सरोकारवाला लगायत सम्पूर्णको मद्दतले प्राप्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा सम्पूर्णमा धन्यबाद ज्ञापन गरेका थिए ।

बैंकलाई विश्वास गर्नुहुने सम्पूर्ण सेवाग्राही तथा शेयरधनी महानुभावहरु, हामीलाई निरन्तर सहयोग उपलब्ध गराउने नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्टारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लिमिटेड लगायतका नियामक निकायहरु, बैकका हितमा अहोरात्र खटिरहने कर्मचारीहरु बैंकले प्रवाह गर्ने सेवा तथा सुविधाहरु जनता समक्ष पुयाई निरन्तर सहयोग पुयाउने पत्रकार मित्रहरु तथा मैत्रीपूर्ण प्रतिष्पर्धा गरिरहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु प्रति विगतमा जस्तै सहयोग तथा सुभेच्छाको कामना गर्दै कृतज्ञता प्रकट गरेको छ ।

 

 

You might also like

Comments are closed.