पोखरा पब्लिकमा नृत्य प्रतियोगिता

पोखरा, १२ मंसिर

चाउथेको पोखरा पब्लिक स्कुलमा बालबालिकामा अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गराउन नृत्य प्रतियोगिता गरिएको छ । विद्यालयका विद्यार्थी क्याप्टेन विराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा अतिरिक्त क्रियाकलाप प्रमुख रञ्जिता थापाले सञ्चालन गरिन् ।

विद्यालयको कक्षा ६ देखि १० सम्मका छात्रछात्राका लागि आयोजना गरिएको प्रतियोगितामा ४७ जना छात्रछात्रा सहभागी भएका थिए । दुई तहमा विभाजित कार्यक्रममा कक्षा ६–७ तर्फ प्रथम आस्था आले, द्वित्तीय भरोसा लामिछाने, तृतीय लक्ष्मी गुरुङ र निस्मा खत्री सान्त्वना भइन् । कक्षा ८,९,१० का विद्यार्थीको प्रतिस्पर्धामा आयुषा कुँवर प्रथम र खुसी गुरुङ, द्वितीय सुमिना श्रेष्ठ, तृतीय संसार केसी तथा सिम्रन गुरुङ र सान्त्वना सलोनी प्रधान भइन् ।

footwear zone

सो अवसरमा विद्यालयका संस्थापक प्रिन्सिपल कृष्ण केसीले विजेता विद्यार्थी छात्रछात्रालाई बधाई दिँदै यस्ता रचनात्मक कार्यक्रमले बालबालिकाहरुको सर्वाङ्गीण विकासमा टेवा पुग्ने हुँदा आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यलाई निरन्तरता दिने बताए ।

You might also like

Comments are closed.