घट्यो सुनचाँदीको मूल्य, काराेबार मूल्य कति ?

काठमाडौं । नेपालको सुनचाँदी बजारमा साेमबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले ओरालो लागेर ९४ हजार ३ सय रूपैयाँ तोकिएकोे छ । पहेँलो धातु आइतबार प्रतितोला ९४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ८ सय रूपैयाँ तोकिएको छ जसको मूल्य आइतबार प्रतितोला ९४ हजार १ सय रूपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ले घटेर एक हजार २ सय ८० तोकिएको महासङ्घले जनाएको छ ।

footwear zone

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८ सय ५७ डलर आसपासमा कारोबार भईरहेको छ । रासस

You might also like

Comments are closed.