लायन्स क्याबिनेट मिटिङ मंसिर १८ गते काठमाडौंमा, प्रि रजिस्टेसन सुरु

काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको दोस्रो क्याबिनेट मिटिङ आगामी डिसेम्बर ४ (मंसिर १८) मा हुने भएको छ । क्याबिनेट मिटिङ सफल बनाउन डिष्ट्रिक्टका एस.डि.जी. चिफ आरबी अधिकारीको संयोजकत्वमा आयोजक कमिटि गठन गरिएको छ ।

क्याबिनेट मिटिङको होस्ट क्लब लायन्स क्लब अफ काठमाडौं स्वयम्भु टाउन रहेको छ । क्याबिनेट मिटिङको तयारी सुरु भएको अधिकारीले जानकारी दिए ।

क्याबिनेट मिटिङका लागि प्रि–रजिस्टेसनसमेत सुरु भएको छ । नोभेम्बर २५ सम्म प्रि–रजिस्टेसन गर्न सकिने अधिकारीले बताए । ‘प्रि–रजिस्टेसन गर्ने क्लबहरुलाई विभिन्न उपहारको व्यवस्था गरिएको छ,’ अधिकारीले भने ।

footwear zone

आगामी वर्ष रिडिष्ट्रिकिङ हुने भएकाले लायन्सको इतिहासमै सबैभन्दा ठूलो कार्यक्रम आगामी क्याबिनेट हुने अधिकारीले बताए ।

क्याबिनेट मिटिङको प्रमुख संरक्षकमा बालकृष्ण बुर्लाकोटी, संरक्षकमा मल्टिपल काउन्सिल चियरपर्सन मनबहादुर रोका र डिष्ट्रिक्ट गभर्नर विशेश्वर आचार्य रहेका छन् । संरक्षक समितिमा अन्य पिडिजी र भिडिजीहरु रहेका छन् ।

You might also like

Comments are closed.