बन्दको विरोधमा युवाको मोटरसाइकल ¥याली

 

दमौली । नेपाल बन्दको विरोधमा युवाहरुले आज बिहान दमौलीमा मोटरसाइकल ¥याली निकालेका छन् । व्यास–५ स्थित नागरिक समाजका युवाले बन्दको विरोधमा दमौली बजारमा मोटरसाइकल ¥याली निकालेका हुन् ।

‘नेपाल बन्द नगरौं, जनतालाई गरिखान देउ, मूल्यवृद्धि फिर्ता गरौं’ नारा लेखिएको ब्यानरसहित नेपालको झण्डा लिएर युवाले ¥याली गरेका थिए ।

footwear zone

चापाघाटबाट सुरु भएको ¥याली मुख्यचोक, भोर्लेटारचोक, गणेशमानचोक, मालपोतलाइन, अनसन चोक हुँदै ट्राफिक चोकमा पुगेर टुङ्गिएको थियो । बन्द सदाका लागि बन्द गर्नुपर्ने मागसहित शान्तिपूर्ण ¥याली गरिएको नागरिक समाजका हिमाल श्रेष्ठले जानकारी दिए । रासस

You might also like

Comments are closed.