काठमाडौं । नबिल बैंकले सल्यानकोेँ दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउँपालिकासगं दिगो बैंकिङ अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुचचको लागि समझदारी समेत गरेको छ ।
दार्मा गाउपालिकामा नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र गाउँपालिकाको तर्फबाट अध्यक्ष निम बहादुर के.सीले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त साझेदारी मार्फत गाउँपालिकाले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम÷तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।
उक्त कार्यक्रममा कर्णाली प्रदेश संघीय सांसद टेक बहादुर बस्नेतको उपस्थिती थियो । कार्यक्रममा बोल्दै माननीय बस्नेतले बैंक तथा वित्तीय सस्थाले उपलब्ध गराउने सेवा सुविधाकोँ सहि रुपमा सदुपयोग गर्ने हो भने त्यसले सामाजिक रुपान्तरणमा ठुलो फड्को मार्ने बताए ।

बैंकका कर्णाली प्रदेश प्रमुख गोपी पाण्डेले यस सम्झौताले दार्मा गाउँपालिकामा स्वरोजगार र उद्यमशीलता विकास गर्ने बताए । त्यस्तै दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर के.सी.ले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने र देशको श्रम भारत लगायत खाडी मुलुक पलायनको क्रमलाई न्यूनिकरण गर्न सहयोग पु¥याउने अपेक्षा गर्दैे वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पु¥याई गाउँपालिकाको विकासमा सहयोँग गर्न सबैलाई आग्रह गरे । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष टिका शर्मा वली, निमित्त प्रमुख प्रशासकिय अधिकृत अमृत खड्का, स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीको उपस्थिती थियो ।
नबिल बैंकले गत असार १५ गते धान दिवशकोँ दिन नबिल दिगो बैकिङ सुरुवात गरेको हो । सरकारको दिगो विकासकको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैकिङ कार्यक्रम सार्वजानिक गरेको हो । कार्यक्रम अन्र्तगत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम १७ वटा दुर्गम शाखाहरुबाट शुरुवात गरी नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।




Comments are closed.