श्री राज देवीले ल्यायो नँया किटाणुनाशक उत्पादन नेपाली बजारमा

काठमाडौं । श्री राज देवी इन्टरनेशनल प्रा. लिले नेपाली बजारमा भोलाभेला नामक नँया किटाणुनाशक उत्पादन नेपाली बजारमा बिक्रि वितरण आरम्भ गरेको छ।

‘रसियास्थित जेएससी कन्सर्न ग्र्यानीटद्वारा उत्पादित भोलाभेला कोरोना, सार्स, हेपाटाइटिस ‘ए’,’बी’, ‘सी’, इको र एचआइभी जस्ता विभिन्न खतरनाक किटाणुहरु विरुद्ध अत्यन्त प्रभावकारी रहेको वैज्ञानिक रुपमा पुष्टि भइसकेको छ। विशेष भौतिक रसायनिक गुणहरु भएको यस उत्पादनले यस्ता किटाणुहरुबाट मानव स्वास्थ्यलाई सुरक्षित राख्दछ,’ कम्पनी श्रोत बताँउदछ ।

अत्यन्त न्यून एलर्जीको सम्भावना भएको भोलभेल कुनै पनि वस्तुको माथिल्लो सतह, लुगा, मास्क र छालामा प्रयोग गर्न सकिन्छ। यसैगरी, सार्वजनिक स्थान, कार्यालय, सवारी साधन, अस्पताल, शैक्षिक संस्था इत्यादि लाई किटाणुहरुबाट सुरक्षित राख्न यो निकै उपयोगी छ।

footwear zone

नेमाउकस्टिक नोजलको विशेषताले सम्पन्न भोलभेल प्रयोग गर्दा हानिकारक रसायनले स्वासप्रस्वासको माध्यमबाट प्रयोगकर्ताको स्वास्थ्यमा नकारात्मक असर पार्ने सम्भावना निकै कम हुन्छ।

‘विगत २ वर्षदेखि नेपाल लगायत विश्वका धेरै मुलुकहरु कोरोना महामारीबाट पिडित भइरहेका छन्। यसै सन्दर्भमा अल्कोहलमुक्त भोलभेलले यस कीटाणुबाट चौबिसै घण्टा सुरक्षा प्रदान गर्दछ,’ श्री राज देवी इन्टरनेशनल प्रा. लिका प्रबन्ध निर्देशक पवन कुमार गर्ग बताछन् । ‘ नेपाली उपभोक्ताहरुको स्वास्थ्यलाई कोरोना महामारीबाट प्रभावकारी रुपमा सुरक्षित राख्ने ध्येयले हामीले यस उत्पादन नेपालमा भित्र्याएका हौ,’ वहाँ उनि थप्छ्न । यो उत्पादन नेपाल ल्याउनको लागि नेपाल स्थित रसियन दुतावासको सहयोग रहेको छ । धेरै वर्षपछि नेपाल र रसियाको सिधा व्यापारिक सम्पर्क सुरु भएको छ ।

You might also like

Comments are closed.