मनकारी विशेश्वर र सीता, मानव सेवा आश्रमलाई दिए ७ लाख ११ हजार

पोखरा । पोखराका शिक्षा सेवाी तथा समाजसेवी विशेश्वर आचार्य र उनका धर्मपत्नी सीता लामिछानेले मानवसेवा आश्रम पोखरालाई सहयोग गरेका छन् ।

लायन्सका गभर्नर तथा नोभेल एकेडेमी पोखराका सञ्चालक आचार्यले आश्रमलाई ७ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । मानवसेवा आश्रमले पोखराको हेमजामा निर्माण गरिरहेको भवनका लागि उनीहरुले सहयोग गरेका हुन् । आश्रमका लागि ‘एक कोठा निर्माण अभियान’ अन्तर्गत एउटा कोठा निर्माण गर्ने गरी सहयोग गर्न पाउँदा खुसी लागेको लामिछानेले बताइन्।

सडक मानवहरुका लागि निर्माणाधीन आश्रयस्थलका लागि तिब्र रुपमा सहयोग प्राप्त भइरहेको आश्रमका गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिनाले जानकारी दिए । सहयोग गर्ने सम्पूर्णप्रति उनले धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।

footwear zone

You might also like

Comments are closed.