पोखरा । नेपाली काँग्रेसका युवा नेता, सफल व्यवसायी एवं पोखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष शंकर बास्तोलाले काँग्रेसको आसन्न निर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् ।
१४औं महाधिवेशन अन्तर्गत कास्कीमा हुने क्षेत्र नं. २ ‘ख’ बाट प्रदेश प्रतिनिधि पदमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा गर्दै बास्तोलाले सम्पूर्ण मतदाताबाट उचित मुल्यांकन, सहयोग र सुझावसहित मत प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए । पार्टीको क्षत्रीय सचिवसमेत रहेका बास्तोलाले जनप्रतिनिधिको रुपमा सफल वडा अध्यक्षको पहिचानसमेत बनाएका छन् ।






Comments are closed.