‘भक्तपुरमा ९० प्रतिशत नागरिकमा स्वास्थ्य बीमाको पहुँच पु¥याइन्छ’

 

भक्तपुर । भक्तपुर नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका ९० प्रतिशत नागरिकको पहुँचमा स्वास्थ्य बीमा सेवा पु¥याउने भएको छ । भक्तपुर नगरपालिका र बीमा समितिको संयुक्त आयोजनामा भएको अन्तक्रियामा नगर प्रमुख सुनिल प्रजापतिले भने, “नेपाल सरकारको स्वास्थ्य बीमाको कार्यक्रमबाट भक्तपुरका ७५ प्रतिशत जनता लाभान्वित भएका छन्, यसलाई ९० प्रतिशत जनताको पहुँचमा पु¥याउने लक्ष्य छ ।”

स्वास्थ्य बीमाअन्तर्गतको रकम समयमै निकासा नगरिँदा जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन समस्या उत्पन्न भएको उनले बताए । नगर प्रमुख प्रजापतिले बीमा कम्पनीबाट हुने झन्झटले गर्दा जनताले अनाहकमा दुःख पाउने गरेकाले बीमाप्रति जनताको विश्वास हट्दै गएको बताए ।

footwear zone

कार्यक्रममा बीमा समितिका उपनिर्देशक सन्तोष कार्कीले बीमा संस्थानको कूल लगानी ४ खर्ब बराबरको रहेको बताउँदै नेपालमा तीन प्रकारका बीमा कम्पनी रहेको चर्चा गरे। बीमा समितिबाट इजाजत प्राप्त १९ वटा जीवन बीमा कम्पनी रहेको, २० वटा निर्जीवन बीमा कम्पनी रहेको भन्दै उनले दुई वटा पुर्नबीमा कम्पनी रहेको अवगत गराए ।

You might also like

Comments are closed.