भानुमा रक्तदान कार्यक्रम सम्पन्न

मंसिर १३,तनहुँ

नेपाल रेडक्रश सोसाइटी भानुभक्त उपशाखा ,भानु नगरपालिका र ग्लोबल आईएमई बैंक भानुको संयुक्त आयोजनामा भानु नगरपालिका २ फुस्रेटारमा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले रक्तदानको लागि आवश्यक सामग्री हस्तान्तरण गरि उद्घाटन गरेका थिए । जिल्लाको दमौली अस्पतालमा भएका विरामी तथा सुत्केरीको लागि रगत अभाव भएकोले रक्तदान कार्यक्रम गरिएको आयोजकले जनाएको छ । उक्त कार्यक्रमको लागि नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले समेत प्राविधिक सहयोग गरेको थियो ।कार्यक्रममा २५ पुरुष र ५ महिला गरि ३० जनाले  रक्तदान गरेका थिए ।

footwear zone

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी भानुभक्त उपशाखाका सभापति उपेन्द्र वहादुर विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तनहुँका मन्त्री चिनु पोख्रेल, भानु नगरपालिकाका उपप्रमुख आशा थापा लगायतको उपस्थिती रहेको थियो ।

You might also like

Comments are closed.