एभरेष्ट ग्यास संसारको ब्राण्ड एम्बेस्डरमा दीपक र दीपा

काठमाडौ‌ं । एभरेष्ट ग्यास संसारले कलाकारद्वय दीपक राज गिरी र दीपा श्री निरौलालाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच उनीहरुलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको घोषणा गरिएको हो ।

एभरेष्ट ग्यास संसार अन्तर्गत एभरेष्ट(काठमाडौं),त्रिशुल(भैरहवा),कामाख्य(सुनसरी),प्रिमा(सुनसरी),साहारा(हेटाै‌ंडा), सैपाल(कैलाली) र  सुगम (धादिङ) लगायतका ब्राण्ड आवद्ध छन् ।करिब ३ हजार डिलरहरुको संजाल मार्फत एभरेष्ट ग्यास संसारले नेपालभर सेवा प्रदान गरिरहेको बताइएको छ ।

कार्यक्रममा बोल्दै एभरेष्ट ग्यास संसारका अध्यक्ष शिव प्रसाद घिमिरेले भने, ‘नेपालको ग्यास बजार केही अव्यवस्थित छ । कुनैपनि समयमा कुनैपनि सिलिन्डरको उपलब्धता नहुन सक्छ र सिलिन्डर परिवर्तन गर्दा अतिरिक्त शुल्क तिर्नु पर्ने बाध्यता छ । यसलाई सहज बनाउन हामीले प्रयास गरीरहेका छौ । व्यवसायका लागि मात्र नभई दुर्घटना कम गर्नका लागि आम उपभोक्तालाई सुसुचित गराउन पनि हामी प्रतिवद्ध छौं’ ।

footwear zone

उकृष्ट ब्राण्डमा आवद्ध हुन पाउदा खुशी लागेको ब्राण्ड एम्बेस्डर दिपक राज गिरीले बताए । उपभोक्तालाई सचेत बनाउने अवसर प्राप्त भएको ब्राण्ड एम्बेस्डर दीपा श्री निरौलाले बताइन् ।

You might also like

Comments are closed.