पोखरा । पोखराको चिप्लेढुङ्गामा रहेको मिराकल इन्ष्टिच्युटले मानवसेवा आश्रम शाखा कार्यालय कास्की पोखराको भवन निर्माणको लागि आर्थिक सहयोग गरेको छ । इन्ष्टिच्युटले १२ औं वार्षिकोत्सवको अवसरमा ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो ।।
इन्ष्टिच्युटका संचालकद्वय कुलराज बराल र रवि भण्डारीले सहयोगापेक्षी सडक मानवहरुको आश्रय स्थल निर्माणमा योगदान गर्न पाएकोमा खुसी व्यक्त गरे साथै अगाडीका वर्षमा पनि सहयोग गरेको र आगामी वर्षमा पनी सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।
मानवसेवा आश्रमले भाडामा रहेको घर बाट मुक्त हुनेको लागी पोखरा २५ हेमजामा आफ्नै भवन निर्माणको सेवा अगाडी बढारहेको र सहयोग संकल्न गरिरहेको छ। करिव १५ करोडको लागतमा २५० सहयोगापेक्षी मावनलाई सेवा दिन सक्ने भवनको पहिलो तला ढलान भैसकेको र यस आ.व मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखी निर्माण कार्य अगाडी बढाई रहेको छ ।

निर्माणाधीन भवनमा आफ्नौ परिवार तथा आफन्तको नाममा कोठा निर्माण गर्न सकीने र सोका लागि सहयोग संकलन भइरहेको गण्डकी प्रदेशका संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिए ।




Comments are closed.