काठमाडौं । विश्वप्रशिद्ध ब्राण्ड बडीसपका बढी बटरहरु नेपाली बजारमा भित्रिएका छन् । शशी इन्कर्पोरेसन एण्ड इन्भेष्टमेन्ट प्रा.लि.ले फ्रेन्चाइज लिएर यी प्रडक्टहरुकोे भित्र्याएको हो । कम्पनीको शोरुम दरबारमार्गमा छ । द बडी सपका प्रडक्टहरु नेपाली बजारमा लोकप्रिय बनिरहेको कम्पनीका प्रवन्ध निर्देशक सरु अर्याल प्रधानले बताइन् ।
सन् १९९२ मा पहिलो पटक बडीसपले बडी बटरलाई विश्वसामु पस्केकोे थियो । आजको दिनमा यी बडी बटरहरू यति लोकप्रिय छन् कि विश्वमा हरेक ३ सेकेन्डमा एउटा बडी बटर बिक्री भएको हुन्छ । ‘आफ्नो शरीरलाई माया नगर्ने मानिस संसारमा कमै होलान् । आफ्नो छालाको हेरचाहका लागि बडीसपका बटर अत्यन्तै उपयोगी मानिन्छ किनकि यसले छालालाई आवश्यक पर्ने पोषणलाई जोगाइराख्न मद्दत गर्छ,’ प्रधानले भन्छिन् ।
‘आँप भनेको हाम्रो शरीरका लागि मक्खन नै हो’ आँप खाँदै गरेकी छोरीको मुखबाट यो वाक्य सुनेपछि बडी सपकी संस्थापक अनिता रोडडिकलाई म्याङ्गो बडी बटर बनाउने जुक्ति फुरेको थियो । आखिर नयाँ प्रयोगहरू यसरी नै जुर्छन् ।

म्याङ्गो, स्ट्रबेरी, ब्रिटिस गुलाब, सत्सुमा, बदाम दूध, मोरिङ्गा, एभोकाडो, शिया, अर्गन, जैतुन आदि गरी १३ प्रकारका फ्लेबरमा बडीसपका बटरहरू उपलब्ध छन् । बडीसपका बटरहरू पर्याप्त फ्याटी एसिड र मोइस्चराइजिङ एक्सट्र्याक्टले युक्त हुन्छन्, जसका कारण तपाईको भित्री र बाहिरी छालालाई एकदमै राम्रो लाभ दिन्छ ।
बडीसपले पर्यावरणीय संवेदनशीलतालाई ध्यान दिएको छ । बडीसपले हाम्रो स्वास्थ्यलाई बचाएर सशक्तीकरण गर्ने मात्रै होइन, सिङ्गो पृथ्वीलाई बचाउन सघाउने उद्देश्यसमेत राखेको छ । यसै उद्देश्यलाई मूर्त रूप दिन दक्षिण अफ्रिकामा उत्कृष्ट जल व्यवस्थापन रणनीतिसहित एभोकाडोको खेती गरिन्छ । र, एभोकाडोको तेल निकालिन्छ ।

उत्तरी घानाका ११ वटा गाउ“का ६०० भन्दा बढी महिलाहरूको समूह ‘टुंगतइेया महिला एसोसिएसन’ले शिया बटर बनाउँछ, जसले त्यहाँका महिलाहरूको व्यवस्था, सम्मान र आर्थिक स्वतन्त्रतालाई ध्यान दिन्छ । साथै, परम्परालाई समेत बचाई राख्न सहयोग गर्छ ।
यो पुनः प्रयोग गर्न मिल्ने गरी प्याकेजिङ गरिने हुनाले वातावरणमैत्री पनि छ । बडीसपले कम्युनिटी फेयर ट्रेडको पार्टनरसिपमा ‘प्लास्टिक फर चेन्ज’ नामक अभियान चलाउँछ, जसले प्लास्टिक खपत कम गराउने मात्रै होइन, प्लास्टिक टिप्ने मानिसहरूलाई उचित ज्याला र सुरक्षित रोजगार दिँदै आएको पनि छ । बडीसपको यस्तो कदमले प्रत्येक वर्ष भर्जिन प्लास्टिक खपतमा २४१ टनले घटाउन मद्दत गर्छ ।

यी बटरहरू द भिगन सोसाइटी मान्यताप्राप्त हुन् । ९५ प्रतिशत प्राकृतिक सामग्रीबाट बनेका यी बटरहरूले छालालाई ९६ घन्टासम्म सुख्खापनबाट जोगाई राख्दछ । एक सर्वेक्षणका अनुसार बडीसपका ९० प्रतिशत प्रयोगकर्ताहरूले बटरको प्रयोगले उनीहरूको छालामा राम्रो परिवर्तन ल्याएको बताएका छन् भने ८६ प्रतिशत प्रयोगकर्ताले यस बटरको प्रयोगपछि आफ्नो छाला अझ राम्रो र आकर्षक भएको खुलासा गरेका छन् । प्रधान भन्छिन्, ‘तपाईं पनि आफ्नो छालाको स्वास्थ्य र सौन्दर्यका लागि सधै“ बडीसपका बटरहरू नै रोज्नुहोस् ।’




Comments are closed.