पोखरा । नेपाल भ्यालुयर्स एसोसियसन गण्डकी प्रदेश अन्तर्गतका इन्जिनियरहरु आन्दोलित भएका छन् । एसोसिएसनको आयोजनामा आइतबार कुमारी बैंक लि.को गण्डकी प्रदेश कार्यालय पोखरा लेकसाइडमा विरोध तथा धर्ना कार्यक्रम भएको छ ।
नेपाल भ्यालुयर्स एसोसिएन केन्द्रीय कार्यालयको निर्देशन अनुसार केन्द्र तथा सातवटै प्रादेशिक कार्यालयमा धर्ना दिइएको हो । कुमारी बैंक लि.ले उपलब्ध गराएको कागजातको आधारमा मुल्याङकन कार्य सम्पन भई कर्जा लगानी भएको र हाल आएर उक्त कर्जा समेत चुक्ता भइसकेको अवस्थामा ई राजेश कुमार चौरासियालाई दोषी देखााइएको भन्दै इन्जिनियरहरु आन्दोलित भएका हुन् ।

इन्जिनियरले अर्काको जग्गा मालपोतमा गई जग्गा धनीको हो भनेर सोध्ने अधिकार नभएकोमा सिआइबीले इन्जिनियर मालपोत कार्यालयमा गई जग्गा प्रमाणित गर्नुपर्नेमा नगरेको भनी आज सम्म पनि हिरासतमा राखेकाले उक्त कार्यको विरोधमा देश भरीका कुमारी बैंकको केन्द्रीय कार्यालय र प्रदेश कार्यलयमा सशक्त विरोध तथा धर्ना कार्यक्रम भइरहेको एसोसिएसनका गण्डकी प्रदेशका अध्यक्ष ई. राजेन्द्र लिगलले जानकारी दिए ।




Comments are closed.