पोखरा लेडी जेसिसको अध्यक्षमा भारी मतले अधिकारी बिजयी

पोखरा । पोखरा लेडी जेसिसको हालै सम्पन्न २८ औं शाखा अधिबेशन तथा ३३ औं बार्षीक साधरण सभामा लक्ष्मी अधिकारी भारी मतले बिजयीभएकी छन् । उक्त अधिबेशन मा निर्वाचन आयुक्तमा पूर्व अध्यक्ष सन्तु पौडेलरहेकी थिइन् भने अधिबेशन निर्देशकमा शोभा भूजेल रहेकी थिइन् ।

निर्वाचनमा गायत्री फुंयाल र लक्ष्मी अधिकारी बिच प्रतिस्पर्धा भएको थियो । भारी मतले बिजयी हुन पाउॅंदा मतदाता लाई धन्यवाद दिदैं संस्थालाई अझै परिस्कृत र बिस्तृत बनाउन लागीपर्ने प्रतिबद्दता समेत उनले जाहेर गरेकी छन् ।

त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा सरु थापा सर्वसम्मत चयन भएकी छ्न । सचिबमा प्रमिला सुबेदी, कानुनीसलाहकार मा लक्ष्मी (लता) थापा कुंवर, कोषाध्यक्षमा सुमित्रा कोईराला,बृद्वि सभापतिमा सम्झना बस्नेत, उपाध्यक्षमा सम्झना थापा, शिलु चालिसे, संगिता अधिकारी, सुनिता गौतम भण्डारी त्यस्तै निर्देशकमा शकुन पौडेल, दिपा तिवारी रेग्मी, रचना अधिकारी, सृजना(ईशा) आले सर्वसम्मत चयन भएका छन् ।

footwear zone

वर्ष २०२१ कि अध्यक्ष कमला शर्मा (बिनीता) कंडेलले नवनिर्वाचित अध्यक्ष अधिकारी लगायत सम्पुर्ण नवनिर्वाचितलाई फुल माला अबिरले स्वागत तथा सम्मान गरेकी थिइन् भने वर्ष २०२१ लाई उत्कृष्ट शाखा बनाउन सफल भएकोमा र विभिन्न विधामा नेपाल जेसीज मा सम्मनित हुन सफल भएकोमा सम्पुर्ण सदस्यहरुको साथ र सहयोग प्रति धन्यबाद व्यक्त गरिन् ।

You might also like

Comments are closed.