१४ अर्ब रुपैयाँको भदैया धान उत्पादन

कलैया । बाराका किसानले २०७८/७९ मा खेती गरेको भदैया धान प्रति हेक्टर ४.६ मेट्रिकटनका दरले उत्पादन हुनुपर्नेमा बेसौमी वर्षाका कारणले प्रति हेक्टर ४.३ मेट्रिक टनले उत्पादन भएको छ ।

किसानले चालू आर्थिक वर्ष २०७८/७९ मा विभिन्न जातको भदैया धान ११ हजार ९ सय १ हेक्टर क्षेत्रफलमा खेतीगरी प्रति हेक्टर ४.३ मेट्रिकटनले कूल ५१ हजार १ सय ९१ मेट्रिकटन धान उत्पादन भएको ज्ञान केन्द्रका प्राविधिक गेनालाल मण्डलले बताए ।

साथै बेमौसमी वर्षाको कारण प्रति हेक्टर दशमलव तीन मेट्रिक टनले तीन हजार ५ सय ७१ दशमलव पाँच मेट्रिकटन धान उत्पादनमा क्षति भएको उनले जानकारी दिए । यसवर्ष मोटो धान प्रति क्विन्टल रु दुई ७ सय सम्बन्धित निकायले दर भाउ कायम गरेको छ ।

footwear zone

गतवर्ष २०७७/७८ मा किसानले विभिन्न जातको भदैया धान ११ हजार ९ सय ३१ हेक्टर क्षेत्रफलमा खेतीगरी प्रति हेक्टर ४.६ मेट्रिक टनले कूल ५४ हजार ८ सय ८२.६ मेट्रिकटन धान उत्पादन भएको थियो ।

You might also like

Comments are closed.