काठमाडौं । नागरिक लगानी कोषले कोभिड–१९ को माहामारीबाट मृत्यु भएका सहभागीका हकवालालाई एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
कोभिड–१९ को सुरुआतदेखि नै कोभिडबाट मृत्यु हुनेका आश्रित परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही दुई लाख उपलब्ध गराउने कोषले निर्णय गरेको थियो ।
सोही क्रममा कोषले गत साउन ५ गतेसम्म कोभिडबाट मृत्यु हुनेलाई सो रकम उपलब्ध गराएको जनाएको छ । कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाका ८४ सहभागीका हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो ।

कोषका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुकी श्रीमती पार्वती थारुलाई बुधबार दुई लाख रुपैयाँको चेक हस्तारण गरेका थिए ।




Comments are closed.