भारतमा थप ९ हजार नयाँ संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप नौ हजार संक्रमित भएका छन् ।सरकारी अधिकारीहरुले बुधबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नौ हजार २ सय ८३ जना नयाँ संक्रमित थपिएका हुन ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले एक लाख ११ हजार ४ सय ८१ जना संक्रमित अवस्थामै रहेका छन् । यो संख्या ५ सय ३७ दिनपछिकै सबैभन्दा कम भएको मन्त्रालयको भनाई छ ।

भारतमा कोरोनाका कारण पछिल्लो एक दिनमा ४ सय ३७ जनाको मृत्यु भएको छ भने कुल मृतकको संख्या चार लाख ६६ हजार ५ सय ८४ पुगेको छ ।

footwear zone

सोही अवधिमा १० हजार ९ सय ४९ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । दैनिक नयाँ संक्रमितहरुको संख्या भन्दा संक्रमणमुक्त भएकाहरुको संख्या बढी भएकाले अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या कम हुदै गएको हो ।

You might also like

Comments are closed.