काठमाडौं ।
सुनचाँदी बजारमा बिहिबार छापावाल सुनको मूल्य प्रतितोला सय रुपैयाँले घटेर ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ तोकिएको छ । यसको मूल्य बुधबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २ सय ३० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ७ सय ९२ डलर आसपास कारोबार भइरहेको छ ।




Comments are closed.