काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा आठ हजार ९ सय ९ को पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा संक्रमितको सङ्ख्या हालसम्म आठ लाख २० हजार २ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ४ सय २४ पुगेको छ । पछिल्लो समय थप २ सय ९८ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या हालसम्म आठ लाख एक हजार ४ सय २० पुगेको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट तीन जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय १६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ७७ हजार ८ सय ८४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या सात हजार ३ सय ४९ रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ९ सय ६१, संस्थागत आइसोलेशनमा ३ सय ८८, सघन उपचार कक्षमा १ सय ९७ र भेन्टिलेटरमा ४१ जनाको उपचार हुँदैछ ।




Comments are closed.