सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ

काठमाडौं । यातायात व्यवस्था सेवा कार्यालय वाग्मती प्रदेश, भरतपुर चितवनले सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ गरेको छ ।

सेवाग्राहीको यही मङ्सिर १२ गतेदेखि सवारीचालक अनुमतिपत्र नवीकरण गरिने सेवा कार्यालय प्रमुख विनोद पौडेलले जानकारी दिए ।

स्मार्ट सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले सेवा कार्यालय, भरतपुर चितवनको वेबसाइट (Tmsochitwan.bagmati.gov.np)  मार्फत ई टोकन लिएर मात्र सवारी चालक अनुमतिपत्र नवीकरण गर्न सक्नेछन् ।

footwear zone

कागजी सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले (Edlrs–smart) मा अद्यावधिक गर्नुपर्ने छ ।

You might also like

Comments are closed.